२ बैशाख २०८३, बुधबार
Follow Us

विशेष अदालतबाट अख्तियार असन्तुष्ट, सर्वोच्चमा १२४ मुद्दा पुनरावेदन

नेपालब्रिटेन संवाददाता
२२ कार्तिक २०७९, मंगलवार १३:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको न्याय सम्पादनप्रति असन्तुष्ट हुँदै सफाइ पाएका १२४ वटा मुद्दा सर्वाेच्च अदालतमा पुनरावेदन गरेको छ ।

टंगालस्थित आफ्नै कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरेर आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ वटा मुद्दा पुनरावेदनका लागि सर्वाेच्च अदालतमा निवेदन दिएको जनाएको हो ।

विशेष अदालतबाट भएका सफाइ दिने फैसलाप्रति चित्त नबुझेपछि आयोग पुनरावेदनका लागि सर्वोच्च अदालत गएको हो । पुनरावेदन गरिएको १२४ मुद्दामा २५१ प्रतिवादीविरुद्ध ४२ करोड १६ लाख २६ हजार ४६२ बिगो दाबी गरिएको छ ।

राजश्व चुहावट, घुस, सामाजिक सुरक्षाभत्ता हिनामिना, गैरकानुनी सम्पत्ति आर्जन, प्रश्नपत्र गोपनीयता भंग, गलत प्रतिवेदन, झुट्टा बिल भरपाई, नक्कली बैंक ग्यारेन्टी, गुणस्तरीयहीन सामान खरिद लगायत आरोपका मुद्दामा विशेष अदालतबाट सफाइ पाएका उक्त मुद्दालाई पुनरावेदनका लागि आयोग सर्वाेच्च अदालत गएको हो ।

न्याय सम्पादनमा विशेष अदालत संवेदनशील नहुँदा दोषी उम्किनेक्रम बढेको आयोगको गुनासो छ ।

धेरै पढिएको