१५ चैत्र २०८०, बिहीबार
Follow Us

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित

नेपालब्रिटेन संवाददाता
२५ कार्तिक २०७९, शुक्रबार ०५:४८

लन्डन । एस्टन भिल्लालाई ४-२ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड इङलिस लिग कपको अन्तिम १६ मा स्थान बनाएको छ । बिहीबार रातिको जितसँगै आइतबार इङलिस प्रिमियर लिगमा एस्टन भिल्लासँग व्यहोरेको ३-१ हारको बदला समेत युनाइटेडले लिएको छ ।

४८औं मिनेटमा ओल्ली वाट्किन्सको गोलमा एस्टन भिल्लाले अग्रता लिएको थियो । तर त्यसको एक मिनेटपछि नै एन्थोनी मार्सियलले युनाइटेडलाई खेलमा फर्काएका थिए ।

६१औं मिनेटमा युनाइटेडका डिएगो डालोटको आत्मघाती गोलमा एस्टन भिल्लाले २-१ को अग्रता लिएको थियो । ६७औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडलाई खेलमा फर्काएका थिए । ७८औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता ३-२ मा पुर्याएका थिए । इन्जुरी समयको पहिलो मिनेटमा स्कट म्याक्टोमिनेले युनाइटेडका लागि चौथो गोल गरे ।

यसअघि नै साविकको विजेता लिभरपुल, म्यानचेस्टर सिटी र लेस्टर सिटीले पनि अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।