काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले प्रवासी नेपालीको सहयोगमा नेपालका सातै प्रदेशमा आपतकालीन रक्तसंचार सेवाको लागि घुम्ती ब्लड बस सेवा प्रदान गर्न विशेष अभियान सुरु गरेको छ ।
गैरआवासीय नेपाली संघकी कार्यकारी अध्यक्ष रविना थापाका अनुसार संघले मधेस प्रदेश, प्रदेश १, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र काठमाडौंमा नेपाल प्रहरी हस्पिटल केन्द्र रहने गरि मोबाईल ब्लड बैंक बस संचालनमा ल्याउन तयारी गरेको हो ।
सो अभियानमा आर्थिक सहयोग गरेर परोपकारी कार्यमा जोडिन् चाहानेले अनलाइन मार्फत डोनेशन गर्न सकिने संघले जनाएको छ ।
संघले यसअघि बागमती प्रदेश, भरतपुर क्षेत्रीय रक्तसंचार सेवा केन्द्र, र सुदुर पश्चिम प्रदेश धनगडी केन्द्र रहनेगरी गत बर्षनै संस्थाले ती बसहरु संचालन गरेको छ ।