५ जेष्ठ २०८१, शनिबार
Follow Us

आज सन्दीपको पुनरावेदन मुद्दाको सुनुवाइ

नेपालब्रिटेन संवाददाता
२८ पुष २०७९, बिहीबार ०५:५२

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेको पुनरावेदन निवेदनमाथि आज उच्च अदालत पाटनमा सुनुवाइ हुँदै छ ।

जबरजस्ती करणी मुद्दामा आफूलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनले दिएको निवेदनमा सुनुवाइ हुन लागेको हो ।

न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासको तीन नम्बरमा पेसी तोकिएको छ । यसअघि तीन पटक तोकिएको पेसीमा सुनुवाइ हुन सकेको थिएन ।