लण्डन। अमेरिकास्थित आफ्नै निवासमा मृत भेटिएका गैरआवासीय नेपाली संघका अग्रज कृष्ण लामिछानेको अन्त्येष्टि रोक्न परिवारले आग्रह गरेको छ ।
लामिछानेका बुवा राम प्रसाद लामिछानेले विहिवार अमेरिकास्थित नेपाली समुदायलाई एक निवेदन मार्फत छोरोको शरिर हेर्ने चाहना र नातिनीहरुको समेत आग्रहमा अमेरिका आउन चाहेको बताएका छन् । उनले लामिछानेको मृत्यु असामहिक र असहज परिस्थितिमा भएको उल्लेख गरेका छन् ।
गोरखा समाज अमेरिका, नेपाली कम्युनिटी अमेरिका, एनआरएनए च्याप्टर टेक्सास र नेपाली समाज टेक्सासलाई दिएको निवेदनमा “मेरो छोरा स्वः कृष्ण प्रसाद लामिछानेको मिति २१ मार्च २०२३ का दिन असामहिक रुपमा असहज परिस्थितिमा मृत्यु हुन गएको जानकारीमा आएको हुंदा उक्त मृत पार्थिक शरिरलाई म बाबुको नाताले अन्तिम पार्थिक शरिर हेर्ने चाहना तथा मेरा नातिनीहरुको टेक्सास् आउने आग्रह अनुसार शुक्रवारको दिन हुन लागिरहेको अन्तिम दाहसंस्कार केही समयको लागि पारी पाउँ” भन्ने उल्लेख छ ।
लामिछानेको निधनलाई विश्वभर छरिएका नेपाली समुदायले अकल्पनिय र संशास्पद घट्नाको रुपमा लिएका छन् । उनी दुई छोरी र श्रीमति सहित अमेरिकामा बस्दै आएका थिए । पछिल्लो समयमा पारिवारीक कलहका कारणले उनले आफ्नो ज्यान लिएको बताइएको छ ।
प्रतिक्रिया