१२ बैशाख २०८१, बुधबार
Follow Us

एनआरएनए सदस्यता वितरणमा अनुजा प्रधानको सकृयता

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७९, बुधबार ०८:२९

बेल्जियम । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अभियान्ता अनुजा प्रधानले सदस्यता वितरणको लागि अभियान संचालन गर्ने भएकी छन् ।
प्रधानले बुधवार एक अपिल सार्वजनिक गर्दै बेल्जियमवासी नेपालीहरुलाई गैरआवासीय नेपाली संघको सदस्यता लिन आब्हान गरेकी हुन् ।

पूर्व आइसीसी सदस्य तथा यसअघि एनआरएनए बेल्जियमको अध्यक्षको प्रत्यासी प्रधानले आफुले स्मार्ट एनआरएनए एप मार्फत सदस्यताको लागि फारम भरेको बताउँदै सदस्यता लिन आग्रह गरेकी छन् ।
उनले भनेकी छन् ‘संस्थामा समस्या छन्, गुनासाहरु छन्, संस्था र यसका उदेश्य नराम्रा होइनन् तर संचालन विधिमा विकृति आएका हुन् । आगामी दिनमा त्यसलाई सच्चाएर जान सक्ने नेतृत्व चुन्नु पर्छ त्यसको हाम्रो ठूलो भूमिका हुन्छ त्यसैले सदस्यता अभियानमा सरिक बनौं’ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको आगामी जुलाईभित्र हुने अधिवेशनको लागि सदस्यता खुलेको छ ।