१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए कार्यकारी अध्यक्षमा डा. केसी, पत्रकार सम्मेलनको तयारी

नेपालब्रिटेन डट कम्
२१ चैत्र २०७९, मंगलवार ०६:५३

लण्डन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको कार्यकारी अधिकार डा. बद्री केसीले लिने तयारी गरेका छन् ।

गैरआवासीय नेपाली संघको गत वर्ष सम्पन्न १० औं महाधिवेशनको म्यान्डेट अनुसार तीन जना अध्यक्ष पालैपाले कार्यकारी रहने प्रावधान अनुसार डा। केसीले आगामी शुक्रवार देखी औपचारिक रुपमा सो जिम्मेवारी लिने तयारी गरेका हुन् ।

वर्तमान कार्यकारी अध्यक्ष रविना थापाको जिम्मेवारी यसै साता देखि समाप्त हुदैछ भने यसअघि कुल आचार्य ६ महिना कार्यकारी पदमा रहेका थिए ।

गैरआवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाका अनुसार शुक्रवार साँझ नेपाली समय ५ बजे संघको केन्द्रीय कार्यालयमा एक पत्रकार सम्मेलनको आयोजना गरि सो विषयमा जानकारी दिने संघले तयारी गरेको छ । पत्रकार सम्मेलनलाई संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्षत्रय डा. केसी, आचार्य र थापाले सम्बोधन गर्ने छन् ।

विदेशमा रहेका गैरआवासीय नेपालीहरु तथा संचारकर्मीहरुले सो पत्रकार सम्मेलनमा जुम मार्फत सहभागि हुन् सक्नेछन् । कार्यक्रममा डा। केसीले आगामी ६ महिनामा आफुले गर्ने कामको फेरहिस्ता प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।