११ जेष्ठ २०८१, शुक्रबार
Follow Us

बेलायतको स्थानिय निर्वाचनमा धनबहादुर सार्की काउन्सिलरमा विजयी

नेपालब्रिटेन डट कम्
२२ बैशाख २०८०, शुक्रबार ०४:३९

लन्डन । बेलायतको नेपाली समुदायमा परिचित समाजसेवी धनबहादुर सार्की काउन्सिलरमा विजयी भएका छन् ।

भूतपूर्व गोर्खा, समाजसेवी तथा व्यवसायी सार्की नेपालीहरुको उल्लेख्य बसोबास भएको रसमोरको वेलिङटन वार्डबाट काउन्सिलर जितेका हुन्।

रसमोर बरो काउन्सिलमा लेबर पार्टीबाट काउन्सिलर उम्मेदवार बनेका उनी पहिलो नेपाली हुन् ।

रसमोरमा कन्जरभेटिभ पार्टीबाट नेपालीमूलका उम्मेदवार भएपनि लेबरबाट सार्की पहिलो नेपाली उम्मेदवार थिए । उनी विगत ५ वर्षदेखि लेबर पार्टीमा आवद्ध छन् ।