१३ बैशाख २०८१, बिहीबार
Follow Us

२१ बर्ष पछि पनि उस्तै हट र ग्लामरस ‘काँटा लगा गर्ल’

नेपालब्रिटेन संवाददाता
२४ बैशाख २०८०, आईतवार ०९:३०

मुम्बई। ‘काँटा लगा गर्ल’को नामले चर्चित भएकी शेफाली जरीवाला सामाजिक सञ्जालमा निकै सक्रिय देखिन्छिन् । शेफाली प्रायः आफ्नो इन्स्टा एकाउन्टमा श्रीमान्सँगको तस्विर शेयर  गर्छिन् । सामाजिक सञ्जालमा पनि शेफालीलाई ठूलो संख्यामा फलो गर्ने गर्छन् । सन् २००२ मा आएको शेफालीको गीत ‘काटाँ लगा’ निकै लोकप्रिय भएको थियो ।

यो गीतले शेफालीको जीवन रातारात बदलिदियो र त्यसपछि उनी ‘काँटा लगा गर्ल’ को नामबाट चर्चित भइन् । शेफालीको लुक वर्षौंमा धेरै परिवर्तन भएको छ र उनको नयाँ फोटो हेरेपछि तपाई छक्क पर्नुहुनेछ किनभने उनी अहिले पनि पहिले जस्तै सुन्दर र ग्लैमरस देखिन्छिन्।

शेफाली जरिवालाको इन्स्टा अकाउन्ट उनका सुन्दर तस्विरहरूले भरिएको छ। उनका हरेक पोस्टमा फ्यानले माया दिई रहेका छन् । हालै शेफालीले स्विमसुट लगाएका आफ्ना केही तस्विरहरु सेयर गरेकी छिन्, जसलाई देखेपछि फ्यानहरु रमाइलो मानिरहेका छन् ।  शेफालीले सेयर गरेका पछिल्लो तस्विरमा,  जसमा उनी कालो रंगको स्विमसूटमा देखिएकी छिन् । यी तस्बिरहरू मध्य गोवाका हुन्, जसमा शेफाली विभिन्न पोजमा देखिएकी छिन् । तस्विरलाई लिएर मानिसहरुको धेरै प्रतिक्रियाहरु आएका छन् ।

तस्बिरमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका छन्, ‘तिमी अहिले पनि त्यस्तै छौ, जसरी मैले तिमीलाई पहिलो पटक देखेको थिएँ । अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘तिमीले अमृत सेवन गरेको हुनुपर्छ, नत्र यो सौन्दर्य यसरी सद्यै कसरी कायम रहन्छ ?’