४ बैशाख २०८१, मंगलवार
Follow Us

एनआरएनए बेल्जियमको अध्यक्षमा नारायण सिलवालले उम्मेदवारी दिने

नेपालब्रिटेन डट कम्
२६ बैशाख २०८०, मंगलवार १९:३२

लुभेन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा नारायण सिलवालले उम्मेदवारी दिने भएका छन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमको जुलाई महिनामा हुने निर्वाचनमा उनले आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी दिन लागेका हुन् ।

उनले आफ्नो उम्मेदवारी सहित केहि प्रतिबद्धता समेत अघि सारेका छन् । सिलवालले एनआरएनए बेल्जियमको स्थापनाकाल देखिनै सामाजिकको निरन्तरता, आवश्यक अनुसार संस्थालाई व्यवस्थित गर्ने, बेल्जियममा बसोवास गर्ने जो कोहि नेपालीलाई आईपरेका कुनै पनि समस्या समाधानको लागि सहयोग गर्नको लागि हट लाइनको व्यवस्था लगायतका प्रतिबद्धताहरु छन् ।

उनी एनआरएनए बेल्जियमका पूर्वउपाध्यक्ष हुन् । उनले अघि सारेको ६ बुँदे प्रतिबद्धता पत्रमा बालबालिकाहरुको लागि नेपाली भाषा, पर्यटन, संस्थामा विज्ञता अनुसार सल्लाहकार चयन, नेपाली नागरिकताको निरन्तरता, सम्पतिको अधिकार लगायतको मुद्धामा काम गर्ने उल्लेख छ ।

संघको आगामी कार्यकालको लागि अनुजा प्रधान, तिर्थ धमला, मदन दवाडी लगायतको नाम अध्यक्षको उम्मेदवारको रुपमा चर्चामा रहेकोछ ।