काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भ्रष्टाचारीहरूलाई कानुनको दायरामा पुर्याउन आग्रह गरेको छ । पार्टीले शुक्रबार ज्ञापनपत्र बुझाउँदै नक्कली भुटानी शरणार्थीको प्रकरणमा मुछिएका जो कोहीलाई कारबाही गर्न अनुरोध गरेको हो ।
महामन्त्री धवलशमशेर जबराका अनुसार जवाफमा प्रचण्डले आफू यो प्रक्रियाबाट अलिकति पनि पछि नहट्ने बताएको छन्। अन्तराष्ट्रिय समुदायले पनि हेरिरहेको भन्दै आफू कुनै प्रभाव र दबाबमा नपर्ने प्रचण्डले बताएका थिए ।