२४ बैशाख २०८१, सोमबार
Follow Us

म माथि व्यक्तिगत झुट्टा आरोप लगाउने काम भयो : कुल आचार्य, एनआरएनए अध्यक्ष (भिडियो)

नेपालब्रिटेन डट कम्
३० बैशाख २०८०, शनिबार २३:५९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले आफु माथि व्यक्तिगत झुट्टा आरोप लगाउने काम भएकोे बताएका छन् ।

आचार्यले सोमवार साँझ आफ्नो सामाजिक संजाल फेसबुक मार्फत केही समय यता उनी माथि व्यक्तिगत लान्छना लगाउने, झुट्ठा आरोप लगाउने कामहरु सुनियोजित रुपमा भैरहेको बताएका छन् ।

आचार्यले आफ्नो कुनै स्वार्थ नराखी एनआरएनए अभियानमा होमिएको म यस्तो झूठ फरेबबाट विचलित हुने कुरै आउँदैन भनेका छन् ।

उनी माथि भुटानी भन्ने आरोप झुट आरोप सहितको भिडियो भाइरल भए पछि उनले खण्डन गरेका हुन् ।

गत महिना नेपालमा रहंदा योहो टीभीका वरिष्ठ पत्रकार जीवराम भण्डारीजीसंगको कुराकानीमा उनले आफ्नो भनाइ यसरी राखेका थिए ।