१४ बैशाख २०८१, शुक्रबार
Follow Us

डेनमार्कमा एनआरएनए विभाजको असर परेन्, तीन गुना सदस्यतामा बृद्धि

नेपालब्रिटेन डट कम्
३१ बैशाख २०८०, आईतवार २३:४०

लण्डन । गैरआवासीय नेपाली संघको विभाजको असर डेनमार्कमा शुन्य देखिएको छ ।

गैरआवासीय नेपाली संघ डेनमार्कका अध्यक्ष शैलु अधिकारीका अनुसार संघको जुलाई महिनामा हुने निर्वाचनको लागि गत वर्ष भन्दा तीन गुना सदस्यता बृद्धि हुने भएको छ ।

अधिकारीले सोमवार एक विज्ञप्ति जारी गदै ‘गैर आवासीय नेपाली संघ प्रति धेरैको चासो र चिन्ता, छलफल र बहसका बीच डेनमार्क बासी नेपालीहरुले एउटै छाता संगठनको रुपमा एनआरएनए डेनमार्क लाई स्वीकार गरेको’ बताए ।

विज्ञप्तिमा ‘हुन त ७,८ हजार नेपाली रहेको अनुमान गरिएको डेनमार्कमा आज सम्म ११५० भन्दा बढीले मात्र नेपालीले एनआरएनए डेनमार्कको सदस्यताका लागि फाराम बुझाएका छन् भने यो क्रम अझ जारी छ । संख्याका रुपमा यो स्थापना देखिकै सबैभन्दा बढी हो भने गत कार्यकाल भन्दा झण्डै ३ गुणाले बृद्दि भएको यो संख्या ले एनआरएन डेनमार्कलाई थप चुनौति तथा अबसर प्रदान गरेको’ उल्लेख छ ।

उनले डेनमार्कमा क्रियाशील सबै नेपाली संघसंस्था तथा व्यक्तिहरुको साझा संस्था बन्ने एनआरएनए डेनमार्कको प्रयास सदैव रहनेछ । यसमा हालसम्म योगदान गर्नुहुने समस्त संस्थापक तथा पूर्व कार्यसमिति, बर्तमान कार्य समिति, अभियन्ता तथा शुभचिंतक साथीहरु धन्यवाद समेत दिएका छन् ।
२०२३, २०२५ कार्यकालको लागि फाराम भर्ने अन्तिम म्याद १५ मे २०२३ सम्म भएकोले बॉकी साथीहरुमा पनि नयॉ फाराम भर्न विज्ञप्ति मार्फत एनआरएनए डेनमार्कले आग्रह गरेको छ ।