१५ चैत्र २०८०, बिहीबार
Follow Us

१३ वर्षमा प्रहरी अधिकृत बनेकी सोनाक्षी

नेपालब्रिटेन संवाददाता
१ जेष्ठ २०८०, सोमबार ०६:३३

मुम्बई । रीमा कागतीको निर्देशनमा बनेको वेब सिरिज ‘दहाड’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा रिलिज हुँदैछ । साेनाक्षी सिन्हा स्टारर सिरिज एक्सेल इन्टरटेनमेन्ट र टाइगर बेबी प्रोडक्सनको व्यानरमा बनेको हो । यो ८ भागको क्राइम ड्रामा हो । सोनाक्षीका लागि यो डिजिटल डेब्यू हो ।

सिरिजमा सोनाक्षीका अलावा सोहम शाह, गुलशन देवैया र विजय बर्माको पनि अभिनय छ । सिरिजमा सोनाक्षी सब–इन्स्पेक्टर अञ्जली भाटीको भूमिकामा छिन् ।

‘दबंग’बाट सुरु गरेको १३ वर्षपछि मैले एक प्रहरी–पत्नीको भूमिका निभाएकी छु । यो सिरिजले मलाई प्रहरीको भूमिका दियो । मलाई लाग्छ, म यो भूमिका निभाउनकै लागि जन्मिएको थिएँ । यो मेरा लागि एउटा सुखद अनुभव थियो,’ उनले भनेकी छन् ।

सिरिजले घर र कामलाई सन्तुलन गर्ने महिलाको कथालाई देखाउने सोनाक्षीको दाबी छ । उनले स्क्रिप्टका लागि सहमत हुन आफूलाई एक घण्टा भन्दा कम समय लागेको खुलाइन् ।