१२ भाद्र २०८३, शुक्रबार
Follow Us

उपाध्यक्ष बुद्धि सुवेदीले एनआरएनएमार्फत बाढीपीडितलाई १० लाख सहयोग गर्ने

नेपालब्रिटेन संवाददाता
१२ भाद्र २०८३, शुक्रबार १७:५८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष बुद्धि सुवेदीले नेपालमा बाढी प्रभावितको राहत तथा उद्धारका लागि १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

एनआरएनए अमेरिकाका पूर्वअध्यक्षसमेत रहेका सुवेदीले उक्त रकम एनआरएनए आईसीसीमार्फत नेपाल सरकारको राहत कोषमा प्रदान गर्ने घोषणा गरेका हुन्। यसअघि गैरआवासीय नेपाली संघले बाढीपीडितको राहत तथा उद्धारका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरिसकेको छ।

नेपालमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको घटनाप्रति दुःख व्यक्त गर्दै सुवेदीले सहयोगको घोषणा गरेका हुन्।

यसअघि गैरआवासीय नेपाली संघका अध्यक्ष डा. हेमराज शर्माको नेतृत्वमा गएको टोलीले बिहीबारदेखि नुवाकोट र रसुवा क्षेत्रमा राहत वितरण सुरु गरेको थियो।

धेरै पढिएको