लण्डन । बेलायती सभामुख सर लिन्डसे होइलले गोरखा ब्रिगेडका सैनिकहरुलाई संसदमा स्वागत गरेका छन् । उनले हाल क्याटरिकमा प्रशिक्षण लिएका ट्रेनी राइफलम्यान र स्टाफहरुलाई बुधवार बेलायती संसद भवनमा भेट गरेका हुन् ।
भर्खर भर्ती सकेर आएका जवानहरुलाई संसदमा स्वागत गरिएको बताइएको छ । गोर्खाहरुले २ सय वर्षभन्दा बढी समयदेखि वेलायतमा सेवा गर्दै आएका छन् ।
ब्रिगेड अफ गोर्खाहरू बेलायती सेनाको एक अद्वितीय संगठन हो जुन विश्वको उत्कृष्ट र सबैभन्दा डरलाग्दो सिपाहीहरू मध्येको एक हो। हाल गोर्खा ब्रिगेडमा विभिन्न व्यापारमा ४ हजारभन्दा बढी गोर्खा कार्यरत छन् ।
Today I welcomed the @Gurkha_Brigade to the @HouseofCommons as part of a visit to learn about how @UKParliament functions. The Gurkhas have served the British Crown for over 200 years, and it was an honour to meet with the new recruits. pic.twitter.com/yTCbbRDAhn
— Sir Lindsay Hoyle (@CommonsSpeaker) May 15, 2023
प्रतिक्रिया