१२ श्रावण २०८१, शनिबार
Follow Us

एनआरएनए अध्यक्ष थापा जापानमा सम्मानित

नेपालब्रिटेन डट कम्
४ जेष्ठ २०८०, बिहीबार ०४:२८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रविना थापा जापानमा सम्मानित भएकी छन् ।

जापानको भ्रमणमा रहेकी थापालाई गैरआवासीय नेपाली संघ जापान र कास्की समाज जापानले संयूक्त रुपमा राजधानी टोकियोमा सम्मान गरेका हुन् ।
डेढ हप्ता लामो जापान बसाईको क्रममा थापाले त्यहाँस्थित गैरआवासीय नेपालीहरुसंग अन्तरक्रिया गरेकी थिइन् । उनलाई मोना जापान शाखा लगायतका संघसंस्थाले स्वागत तथा सम्मान गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानका पदाधिकारी लगायत एनआरएनए अभियान्ता नारायण थापाको उपस्थिति थियो । उनी बिहिवार जापानको भ्रमण सकेर अमेरिका फर्किदैछन् ।