१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एनआरएनए पूर्व अध्यक्ष शेष घले बेलायतमा

नेपालब्रिटेन डट कम्
६ जेष्ठ २०८०, शनिबार २३:०८

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष शेष घले लण्डन आइपुगेका छन् ।

घले आइतवार अल्डरसटमा हुन लागेको एक कार्यक्रममा भाग लिन निवर्तमान एनआरएनए उपाध्यक्ष सोनाम लामा सहितको टोली शनिबार लण्डन उत्रेको हो ।
उनीहरुलाई स्वागत गर्न हिथ्रो विमानस्थलमा तमुधीं यूकेका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।

उनले ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ सम्बन्धी छलफल कार्यक्रममा भाग लिने छन् । सो कार्यक्रममा भाग लिन राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी, प्रधानमन्त्रीका जनसम्पर्क विज्ञ बुद्धि जिसी र पत्रकारहरु बेलायत आएका छन् ।