२१ भाद्र २०८२, शनिबार
Follow Us

नेपालको उन्नतिमा पहिलो पुस्ताको योगदान महत्वपूर्ण : राजदूत आचार्य

नेपालब्रिटेन संवाददाता
८ जेष्ठ २०८०, सोमबार १९:५०

लन्डन । वेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको उन्नतिमा पहिलो पुस्ताको योगदान महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
बेलायतबाट प्रकाशित हुने समाचार पोर्टल, नेपाल ब्रिटेन डटकम, को १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै आचार्यले उक्त विचार व्यक्त गरेका हुन् ।

आइतबार स्टानवेल भिलेज हलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले नेपाल बाहिर रहेर पनि नेपालको उन्नतिमा सघाई रहेको पहिलो पुस्ताको योगदान महत्वपूर्ण रहेको बताए।

उनले विश्वव्यापीकरणको आजको युगमा हामी सबै एकअर्कासंग सम्बन्धित छौ भन्दै अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले नेपालमा बसेका नेपाली र बेलायतमा बसेका नेपाली र ब्रिटिशहरुलाई सुसूचित गर्ने पत्रकारिताको भूमिका अवसर र चुनौती पनि रहेको बताए।

तपाईंहरुको आर्थिक मात्रै हैन, सीप, शिक्षा, नेटवर्क र अनुभव पनि योगदान हो। तपाईंहरुको अनुभव, सीप, नेटवर्क र पहुँचपनि महत्वपूर्ण छ,’ उनले भने।

कार्यक्रममा सगरमाथा आरोही हरि बुढा मगर लगायत बेलायतमा चर्चित १० व्यक्तिलाई सम्मान गरिएको थियो ।

धेरै पढिएको