१४ आश्विन २०८२, मंगलवार
Follow Us

कैलालीको जुत्ताचप्पलको गोदाममा आगलागी

नेपालब्रिटेन संवाददाता
२१ भाद्र २०८२, शनिबार ०६:०३

काठमाडौं । कैलालीको जुत्ताचप्पलको गोदाममा आगलागी भएको छ । लम्की चुहा नगरपालिकामा सञ्चालित जुत्ताचप्पलको गोदाममा शनिबार बिहान पौने तीन बजे आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आगलागिबाट ७० लाख बढीको क्षति भएको बताइएको छ । लम्कीचुहा नगरपालिका–१ लम्कीस्थित टीकापुर रोडमा रहेको कल्पना ट्रेडर्स एण्ड सप्लायर्समा आगलागी भएको हो ।

आगलागी भएलगत्तै लम्कीचुहा नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो । आगलागीबाट गोदाममा रहेका सम्पूर्ण सामान जलेर नष्ट भए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको