२० भाद्र २०८२, शुक्रबार
Follow Us

एनआरएनए यूरोप संयोजकमा दिनेश घिमिरेको उम्मेदवारी

नेपालब्रिटेन संवाददाता
२० भाद्र २०८२, शुक्रबार १८:४१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूरोप संयोजक पदका लागि दिनेश घिमिरेले उम्मेदवारी दिने भएका छन्।

घिमिरेले संघको आगामी १२ औं महाधिवेशनमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। उक्त महाधिवेशन आगामी अक्टोबर ११ देखि १३ सम्म काठमाडौंमा हुने भएको छ।

घिमिरे यसअघि एनआरएनएको केन्द्रीय सदस्य (आइसीसी) भइसकेका छन्। हाल उनी प्रवासी नेपालीलाई मताधिकार दिलाउन गठित एनआरएनए मताधिकार विभागका संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्।

वेलायतमा व्यवसाय गर्दै आएका घिमिरे भद्र र मिलनसार व्यक्तित्वको रूपमा चिनिन्छन्।

धेरै पढिएको