१४ बैशाख २०८१, शुक्रबार
Follow Us

शरणार्थी प्रकरणमा ‘एमालेलाई जर्बजस्ती मुछेको’ भन्दै महेश बस्नेतको आपत्ति

नेपालब्रिटेन संवाददाता
१० जेष्ठ २०८०, बुधबार ०६:२८

काठमाडौं । नेकपा एमालेका केन्द्रिय सदस्य महेश बस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् । भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन ।

हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्बजनिक हुदाँसम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरुलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसवारेमा प्रतिवाद गरिने जनाएका हुन । उनले सो बयान पछि १६ वटा बुदाँ (प्रश्न) अगाडी राखेका छन् ।

यस्ताे छ उनले सामाजिक सञ्जालमा राखेका बुदाँः 

१- आज एकजना प्रहरी उच्च अधिकृत, गृह मन्त्री र प्रधानमन्त्री बीच भेटघाट भएको छ । परिआए आइ जी पी फेरेर भएपनि उहाँलाई आई जी पी बनाएर भएपनि एमालेलाई बदनाम गराउने र अख्तियार प्रमुख लाई फसाउने योजना बनेको छ ।

२- गृहमन्त्री सँग समेत भएको भेटमा बर्तमान आइजीपीलाई पनि यही केसमा फसायर भएपनि उनलाई फेर्ने योजना बनेको र सो अनुसार माओबादी कार्यकर्ता र केही मिडियाले प्रचार गरेका हुन ।

३- केशब दुलाललाई प्रहरी कस्टडीमा हुँदा पनि राजेश बर्जाचार्य र प्रेम राईलाई टोप बहादुर रायमाझीको पी ए लिला जी सी मार्फत पैसा दिएको जबर्जस्ति बयान गराइएको थियो ।

४- केशब दुलाल र लिला जी सी बीच प्रहरीले भेटघाट गराउँदा एक अर्कामा नचिन्ने बताउँदै कुनै आर्थिक कारोबार नभएको बताएका थिए ।

५- तसर्थ उक्त बयानमा कुनै लेनदेनको कुरा उल्लेख गरिएन ।

६- प्रहरीमा जाहेरी दिएका गजेन्द्र बुढाथोकी र आरोपी सन्देश शर्मा बीचको टेलिफोन कुराकानीको अडियोमा ६ करोड दिएको दाबी गरिएका मध्येका बालकृष्ण खाँण गिरफ्तार छन तर मन्जु खाँण र आरजु देउबा छानबीनको दायरामा राखिएको छैन ।

७- तिनै केशब दुलाललाइ आज प्रहरिले पुन सरकारी वकिलको उपस्थितिमा लिएको थप बयानमा एमाले नेता राम बहादुर थापा , राजेश बर्जाचार्य र प्रेम राईलाई पैसा दिएको कुरा बताए ।

८- उनी र सन्देश शर्मालेनै अडियोमा नाम लिएका आरजु र मंन्जु लाई बचाएर बयान दिएका छन ।

९- निज केशब दुलालले नै पुलिसको बयानमा कुनै भी आई पी चिन्दिन पिडित भनिएका कसै संग पैसा लिएको छैन , कसैलाई पैसा दिएको छैन म आफु र केही साथी अमेरिका जान खोजेका हौं भनेका छन ।

१०- सरकारि वकिलको कार्यालयमा उनले दिएको बयानमा बिभिन्न ब्यक्तिलाई कुल ८ करोड दिएको भनेका छन ।

११- आफु अमेरिका जान खोजेको कसै सँग पैसा नउठाएका मान्छेले ८ करोड दिने कुरा असम्भब छ ।

१२- केशब दुलाल काँग्रेसको नेता हुन । उनको ब्याकग्राउण्ड तल उल्लेख छ ।

१३- जाहेरीमा किटानी गरिएको अरुण रेग्मी र अन्यले पुर्व मन्त्री खाँण र पुर्व सचिबहरुलाई चिनेको छ भनेर पैसा मागेको छैन भनेका छन ।

१४- देउबाले आज दिउँसो आफु निकटको ब्यक्ति हरुलाई ढुक्क हुनु खाँण फस्दैनन सबै सेटिङ्ग गरिसकेको छु भनेका छन

१५- बयानमा खाँण लगाएतलाई बचाउने नियत प्रष्ट छ । । खाँण मार्फत काँग्रेसको एउटा लो ग्रेडको नेता जीतजंग बस्नेतले हिजोको कार्यक्रममा भाषण गर्दा यो कुराको संकेत गरेका थिए ।

१६- रबिको पासपोर्टको बिषयमा मुद्धा नचलाउने निर्णय गर्ने महान्याधिबक्ता दिनमणी पोख्रेल र उच्च प्रहरीको योजनामा यो बयान तयार गरिएको देखिन्छ ।

यस्ता षडयण्त्र चिर्न जरुरि छ र प्रतिबाद गरिनेछ ।

 

घेराबन्दी तोडिएको हो र तोडिनेछः

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रमुख नाइके मध्येका एक केशव दुलाल । जो कांग्रेसका नेता हुन् । गएको आम निर्वाचनमा उम्मेदवारको दाबेदार थिए । । दुलाल २०५७ सालमा नेपाल विद्यार्थी संघ मोरङको सचिव थिए । पछि नेविसंघको केन्द्रीय सदस्यमा मनोनीत भए । कांग्रेसको विभिन्न समितिको नेतृत्वमा रहेर काम गरे । दुलाल कांग्रेसको गत महाधिवेशनमा मोरङ क्षेत्र नं. ३ को सभापतिमा उम्मेदवार थिए । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइराला (स्वर्गीय) का छोरी सुजाता कोइरालाका विश्वासपात्र हुन् । सुजाता उपप्रधान एवं परारष्ट्रमन्त्री हुँदा उनको सचिवालयको कमाण्डर थिए ।

उनैले योजनाबद्ध रुपमा नेकपा (एमाले)सँग जोडिएकाहरुलाई बदनाम गर्ने गरी वयान दिएका छन् । कथित वयान भनिएको एमाले विरुद्धको कथा आवश्यकता अनुसार प्रहरीका एक एआइजीले वयानको अंश छानी-छानी सञ्चार माध्यमहरुलाई उपलब्ध गराइरहेका छन् । अनि हाम्रा सञ्चार माध्यमहरुले उही कथालाई तथ्य जसरी प्रकाशन गरीरहेका छन् । यो स्तरको राज्य संरक्षित प्रोपोगान्डा इतिहासमा पहिलो हो ।