१५ माघ २०८२, बिहीबार
Follow Us

अस्पतालबाट डिस्चार्ज भए रवि

नेपालब्रिटेन संवाददाता
१५ माघ २०८२, बिहीबार १३:३८

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए ।

स्वास्थ्य अवस्था सुधार हुँदै गएपछि रविले अस्पतालबाट डिस्चार्ज मागेका हुन् । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । उनलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको छ ।

धेरै पढिएको