१९ बैशाख २०८१, बुधबार
Follow Us

श्रुती सोलिडारिटी इन्टरनेशनलको जर्मन प्रतीनिधीमा नियुक्त

नेपालब्रिटेन डट कम्
१५ चैत्र २०७३, मंगलवार ०७:५२

अन्तराष्ट्रिय परोपकारी संस्था सोलिडारिटी इन्टरनेशनलको बिश्व परिषद बैठकले आफ्नो रिक्त जर्मन प्रतीनिधीमा श्रुती केसीलाई नियुक्त गरेको छ ।

आज काठमाडौंमा बसेको बिश्व परिषद बैठकले जर्मनबाट पुनर्निर्माण अभियानलाई निरन्तर सन्चालन गर्न र त्यहाँ रहेका अन्य सामाजिक संस्थासँग सहकार्य गर्न प्रतीनिधी नियुक्त गरेको जनाएको हो ।

बर्लिनमा बसोबास गर्दै आइरहेकी केसी स्थापनाकाल देखीनै सोलिडारिटी इन्टरनेशनलको बिभिन्न सामाजिक अभियानमा सहभागी थिइन । त्यसैगरी केसीले द इन्नोभेटिभ फाउन्डेशन र रोटरी जर्मनीको सहकार्यमा सोलिडारिटीले दोलखा र नुवाकोट जिल्लामा पुनर्निर्माण गर्न लागेका बिभिन्न बिधालयसँग सहकार्य गर्नेछिन ।

नेपाल सहित बिश्वका विभिन्न देशहरुमा आफ्नो च्याप्टर स्थापना गरेको सोलिडारिटीले यस बर्ष मात्रै भुकम्पबाट क्षती ग्रस्त १० बिद्यालयहरु पुनर्निर्माण गरी सकेको छ ।
त्यसैगरी संस्थाले थप १० बिद्यालय पुनर्निर्माण र १०० कक्षाकोठा मर्मत गर्ने तयारी गरीरहेको सोलिडारिटी इन्टरनेशनलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्र गौतमले जानकारी दिए ।