७ बैशाख २०८१, शुक्रबार
Follow Us

गंगाधार गौतमलाई एनआरएनए केन्द्रीय महासचिवमा उठाउने बेल्जियम कांग्रेसको निर्णय

नेपालब्रिटेन डट कम्
१२ जेष्ठ २०८०, शुक्रबार १५:०५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनमा बेल्जियमका गंगाधार गौतमले उम्मेदवारी दिने भएका छन् । उनी वर्तमान कार्यसमितिका सचिव हुन् ।

नेपाली जनसम्पर्क समिति बेल्जियमको एक उच्चस्तरिय समितिले संघको आगामी अधिवेशनमा उनलाई महासचिवको उम्मेदवार बनाउन सिफारीश गरेको हो ।
समितिले गैरआवासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा सिता सापकोटालाई अध्यक्ष बनाउने निर्णय गरेको छ । उक्त निर्णय बिरुद्ध नारायण सिलवाल र अनुजा प्रधानले असन्तुष्टी जनाएका छन् । सिलवालले एक विज्ञप्ति जारी गर्दै दलिय हस्तक्षेप बिरुद्ध एक हुन आब्हान गर्दै सो निर्णयलाई चुनौती दिए पछि समितिभित्र विवाद उत्पन्न भएको छ ।

सो समितिले जनसम्पर्क समितिका पुर्वअध्यक्ष सुवाश जोशी (सन्तोष) लाई संघको युरोप संयोजक पदको उम्मेद्बारीमा सहयोग गर्ने निर्णय गरेको छ ।