१२ बैशाख २०८१, बुधबार
Follow Us

नेपालमा ग्रिन हाइड्रोजन परियोजना अगाडि बढाउने क्यानाडा भेलाको निर्णय

नेपालब्रिटेन डट कम्
१६ जेष्ठ २०८०, मंगलवार ०९:३४

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को पूर्वअध्यक्ष शेष घले उपस्थित एक भेलाले नेपालमा ग्रिन हाइड्रोजन परियोजना अघि बढाउने निर्णय गरेको छ ।

क्यानाडाको टोरन्टो शहरस्थित होटल र्याडिसनमा दुई दिनसम्म चलेको भेलाले नेपाल विश्वको सबैभन्दा बढी ग्रिन हाइड्रोजन उत्पादन सम्भावना रहेको र त्यसको उपयोगले नेपालको सामाजिक, वातावरण र आर्थिक विकासमा ट्वा पुर्याउने निष्कर्ष निकालेको छ ।
भेलामा घलेले नेपालको विकासको लागि ग्रिन हाइड्रोजन परियोजनालाई बृहत छलफलमा लैजाने बताए ।
“नेपाल विश्वको सबैभन्दा प्रचुरमात्रा ग्रिन हाइड्रोजन उत्पादन सम्भावना भएको देश रहेको छ । यसमा लगानी गरेर नेपालको सामाजिक, वातावरण र आर्थिक बिकासमा टेवा पुर्याउनु पर्छ” घलेले भने ।
भेलामा अमेरिका क्षेत्रका करिब ४ दर्जन नेपालीहरुको उपस्थिती थियो ।