१२ बैशाख २०८१, बुधबार
Follow Us

विराटनगर भन्सार यार्डमा आजदेखि कार्गो रेल

नेपालब्रिटेन संवाददाता
१८ जेष्ठ २०८०, बिहीबार ०४:४७

विराटनगर । विराटनगर भन्सार परिसरमा आजदेखि कार्गो रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले दिल्लीबाट संयुक्त रूपमा कार्गो रेलको उद्घाटन गरेपछि भारतको बथनाहबाट कार्गो रेल नेपालका लागि छुट्ने विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले जानकारी दिएका छन् ।

आज आउने कार्गो रेलले सुनसरी मोरङ औद्योगिक करिडोरका विभिन्न फलाम उद्योगको कच्चा पदार्थ लिएर आउने उनले बताए । रेलमार्ग सञ्चालनका लागि २०७५ कात्तिक ८ गते नै सफल परीक्षण भए पनि रेल सञ्चालन भएको थिएन । भन्सार परिसरसम्म कार्गो रेल सञ्चालन नहुँदा औद्योगिक कच्चा पदार्थ लगायतका सामग्री भारतको बथनाहामै रेलबाट उतारेर अर्को साधनबाट भन्सार ल्याउनुपर्ने बाध्यता थियो ।