१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ग्राहकको गोपनीयतामाथि संवेदनशील छौँ : नेपाल टेलिकम

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०८०, मंगलवार १२:१३

काठमाडौँ । नेपाल टेलिकमले यही जेठ २२ गते एक अनलाइन न्युज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति खण्डन गरेको छ ।

टेलिकमले ग्राहकको गोपनीयतालाई सधैँ सम्मान गर्ने र त्यसको सुरक्षा र गोपनीयतामा एकरत्ति पनि सम्झौता हुन नदिने भन्दै ग्राहकलाई आश्वस्त हुन अनुरोध समेत गरेको छ ।

‘यही जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा टेलिकमका सेवाका सुरक्षाप्रति शङ्का व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ, कम्पनीका सेवा अत्यन्त भरपर्दा र सुरक्षित बनाइ ग्राहक वर्गको गोप्यता कायम गर्न हामी अत्यन्त संवेदनशील रहेको ब्यहोरा जानकारी गराउँदै कम्पनीका सेवा निर्धक्क भएर प्रयोग गर्नुहुन अनुरोध छ’, टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ र

नेपाल टेलिकमले राज्यका अधिकारप्राप्त निकायबाट हुने कुनै अनुसन्धानको प्रक्रियामा प्रचलित कानुन बमोजिम सम्मानित अदालतको आदेशपछि मात्र अन्य दूरसञ्चार सेवा प्रदायकले झैँ कम्पनीले विवरण उपलब्ध गराउने समेत प्रस्ट पारेको छ ।

पछिल्लो समयमा कम्पनीका सेवाका संस्थागत प्रयोगकर्ता उल्लेख्यरुपमा बढिरहेको ब्यहोरासमेत जानकारी गराइएको छ ।