२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनए अमेरिकाको निर्वाचन जुलाई १६ र १७ मा, बञ्जाडे र पराजुलीबीच प्रतिस्पर्धा

नेपालब्रिटेन डट कम्
२५ जेष्ठ २०८०, बिहीबार २२:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिका अन्तर्गत राष्ट्रिय निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक गरेको छ।

मुख्य निर्वाचन आयुक्त बासु फुलाराद्वारा बुधवार जारी गरिएको विज्ञप्तिमा जुलाई १६ र १७ तारिकलाई निर्वाचन दिन तोकिएको छ।

आयोगले जुन १४ सम्ममा मतदाता सूची प्रकाशन गर्ने उल्लेख गरेको छ।

जुन २० तारिक सम्म मतदाताहरूको अन्तिम सूची जारी गरिने छ। जुन २१ देखि २३ सम्म उम्मेदवारहरूको मनोनयन दर्ता समय तोकिएको छ।

जुन ३० मा उम्मेदवारहरूको सूची प्रकाशन गरिने छ। जुलाई दुई र तीनमा उम्मेदवारहरू विरुद्ध उजुरी दर्ता गर्न सकिने छ। जुलाई पाँचमा उम्मेदवारहरूको सूची प्रकाशन गरिने छ।

जुलाई ६ मा कुनै पनि उम्मेदवारी फिर्ता लिने र जुलाई सातमा उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ।

जुलाई १६ र १७ मा निर्वाचन भए पछि १८ तारिक अन्तिम निर्वाचन परिणामहरू सार्वजनिक गरिने छ।

अहिले सम्म दुई जनाले अध्यक्ष पदमा औपचारिक रुपमा उमेदवारी घोषणा गरेका छन्। अध्यक्ष पदको लागि वर्तमान उपाध्यक्ष डिलु पराजुली र पूर्व बरिष्ठ उपाध्यक्ष डा. अर्जुन बञ्जाडे चुनाली मैदानमा होमिसकेका छन्।