लण्डन । गैरआवासीय नेपाली संघ र विनोद कुंवरबीच हालै प्रधानमन्त्री पुष्पकमल दाहालबीच भएको सहमतिलाई बेल्जियममा कार्यान्वयन गरिएको छ ।
गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीका अनुसार शनिवार लुभेनमा सम्पन्न बैठकले कुँवर समूहलाई समेटेर ९ औं महाधिवेशन गर्ने निर्णय भएको छ ।
बैठकले एनआरएनए बेल्जियमको महाधिवेशन सम्पन्न गर्न गठित उपसमितिमा पदम गुरुङले सिफारीस गरेका व्यक्तिहरुलाई थप गर्ने निर्णय भएको छ । निर्वाचन समितिमा सहसंयोजकमा प्रेम गुरुङ र सदस्यमा लोकराना थपिएका छन् । यस्तै अनुगमन समितिमा नेत्र मगर र सोनाम लामा थपिएका छन् । यस्तै बिधान समितिमा सुर्दशन सिमखडा, बिनोद बानिया र इन्दिरा चाम्लिङ छन् ।
बैठकमा संघका सचिव गंगाधार गौतम, उल्का घिमिरी, चित्र सुवेदी, लोक प्रसाद दाहाल, पदम गुरुङ, रविन्द्रमान श्रेष्ठ, प्रेम गुरुङ, सुभाष जोशी, सोनाम लामा, जगदिश सापकोटा, केजीन राई, चिरन कुमार खवास, पूर्ण तिमल्सीना, सुभाष गुरुङ, भिम जोशी लगायतको उपस्थिती थियो ।
गैरआवासीय नेपाली संघको पछिल्लो एकताले संघको राष्ट्रिय समितिहरुमा समेत उत्साह ल्याएको एनआरएनए बेल्जियमकी सदस्य रुविना शर्माले बताइन् । उनले दुई समूहबीचको एकताले समाजमा सकरात्मक सन्देश जाने भन्दै स्वागत योग्यकदम भनेकी छन् ।