२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए केन्द्रीय निर्वाचन समिति गठन, बेलायतबाट चिरन्जीबी ढकाल

नेपालब्रिटेन संवाददाता
२४ असार २०८०, आईतवार २०:५९

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर महिनामा हुने ११ औं महाधिवेशनको लागि एक निर्वाचन समिति गठन गरिएको छ ।

गैरआवासीय नेपाली संघको आइतवार बसेको अन्तराष्ट्रिय परिषदको बैठकले अधिवक्ता यादव ढुंगानाको संयोजकत्वमा एक समिति गठन गरिएको हो ।

निर्वाचन समितिको सदस्यमा चिरन्जीबी ढकाल (बेलायत), मन केसी (अष्ट्रेलिया), भूषण घिमिरे (जापान), सोनाम लामा (अमेरिका), टिबी कार्की (कतार), र प्रकाश धमला (कोरिया) रहेका छन् । संघको ११ औं महाधिवेशनमा नयां नेतृत्वको लागि निर्वाचन हुदैछ ।

संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीका अनुसार संघको विधान अनुरुप सो निर्वाचनको अनुगमन गर्नको लागि दुर्गा आचार्यको संयोजकत्वमा एक उच्चस्तरिय अनुगमन समिति गठन गरिएको छ ।

सो समितिको सदस्यहरुमा होमनाथ शर्मा, डमर घले, शंकर खड्का, सुरेन्द्र श्रेष्ठ, कलममणी गुरागाई, अर्जुन श्रेष्ठ, नारायण थापा र राजन त्रिपाठी रहेका छन् । अनुगमन समितिमा सदस्यहरु पछि थप गरिने बताइएकोछ ।