२० बैशाख २०८१, बिहीबार
Follow Us

स्वास्थ्य मन्त्री बस्नेत लण्डन आउने

नेपालब्रिटेन संवाददाता
२५ असार २०८०, सोमबार १५:३२

लण्डन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत बेलायत आउने भएका छन् ।

नेपाली जनसम्पर्क समिति बेलायतका सभापति युवराज गुरुङका अनुसार बस्नेत आगामी शुक्रवार साँझ लण्डन आउने भएका हुन् ।

एक साताव्यापी बेलायत भ्रमणको क्रममा मन्त्री बस्नेतले नेपाली जनसम्पर्क समिति, गैरआवासीय नेपाली संघ यूकेले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने छन् ।

यसैबीच नेपाली जनम्पर्क समिति वेलायतले मन्त्री बस्नेतको सम्मानमा आगामी आइतवार अल्डरशटस्थित ठमेल रेष्टुरेन्टमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।