२० बैशाख २०८१, बिहीबार
Follow Us

लिभरपुल नेपाली समाजको अध्यक्षमा बुढाथोकी

नेपालब्रिटेन संवाददाता
२५ असार २०८०, सोमबार २०:०६

लण्डन । लिभरपुल नेपाली समाजको अध्यक्षमा मनोहर बुढाथोकी सर्वसम्मत भएका छन् । समाजको सोमवार सम्पन्न अधिवेसनले बुढाथोकीको अध्यक्षतामा नयां कार्यसमितिको गठन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा दिलिप कुँवर र इन्दुका घिमिरे, सचिवमा पुस्कर भण्डारी, सहसचिवमा अनिशा लिम्बु र कोषाध्यक्षमा देवी गुरुङ छन् ।
यस्तै सदस्यहरुमा शिवराज पन्त, ऋतु शर्मा, ज्ञानु भण्डारी, सिर्जना अधिकारी, समिर खनाल र उज्ज्वल भण्डारी रहेका छन् ।
नवनिर्वाचित कार्यसमितिलाई संस्थाका पूर्वअध्यक्ष डा. शम्भु आचार्यले सपथ गराएका थिए ।

समितिका पदाधिकारीहरुलाई निर्वाचन आयुक्त प्रविन घिमिरेले प्रमाणपत्र प्रदान गरेका थिए । संस्थाका निवर्तमान अध्यक्ष देउमान इजमले नयां कार्यसमितिलाई नेतृत्व हस्तान्तरण गरेका थिए । कार्यक्रममा डा. मनोहरी बुढाथोकी लगायत लिभरपुलस्थित नेपाली समुदायको बाक्लो उपस्थिति थियो ।