२४ असार २०८१, आईतवार
Follow Us

रामशरण सिमखडाले एनआरएनए यूकेको निर्वाचन अनुगमन गर्ने

नेपालब्रिटेन संवाददाता
२७ असार २०८०, बुधबार २०:०४

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उपमहासचिव रामशरण सिमखडालाई एनआरएनए वेलायतको निर्वाचन अनुगमन गर्न खटाएको छ ।

संघले ‘राष्ट्रिय महाधिवेशन सञ्चालन तथा समन्वय परिषद सम्बन्धि नियमावलीको ५.१६ बमोजिम’ उनलाई सो जिम्मेवारी दिएको हो ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट एनआरएनए बेलायत (यूके) को निर्वाचन तथा अधिवेशन अनुगमनको जिम्मा दिइएको युरोप संयोजकद्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराईद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

पत्रमा एनसीसी यूकेसंग समन्वय गरेर केन्द्रिय सहमति कार्यान्वयनमा प्रयास गर्दै निर्वाचन र अधिवेशन सम्बन्धी प्रक्रियाको अनुगमन गरी महाधिवेसन अनुगमन अनुसूची १, अनुसूची २ र अनुसूची ३ बमोजिमको फाराम भरी संयोजकहरुलाई एवं अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाउन पनि पत्रमा अनुरोध गरिएकोछ ।

यसअघि संघको युरोप उपसंयोजक दयानिधि सापकोटालाई सो जिम्मेवारी दिइएको थियो । एनआरएनए स्रोतका अनुसार सापकोटाले संघको कार्यविधि र नियमावली विपरित एनआरएनए यूकेको निर्वाचन समितिको कामलाई प्रभावित गर्ने उदेश्यले अनावश्यक पत्राचार गरे पछि संघले विकल्पको रुपमा सिमखडालाई खटाएको हो ।