२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए अष्ट्रियाको निर्वाचनको अनुगमन विनोद चौलागाईले गर्ने

नेपालब्रिटेन संवाददाता
२९ असार २०८०, शुक्रबार १७:५८

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विनोद चौलागाईलाई एनआरएनए अष्ट्रियाको निर्वाचन अनुगमन गर्न खटाएको छ ।

संघले ‘राष्ट्रिय महाधिवेशन सञ्चालन तथा समन्वय परिषद सम्बन्धि नियमावलीको ५.१६ बमोजिम’ उनलाई सो जिम्मेवारी दिएको एनआरएनएले जनाएको छ । उनी एनआरएनए अष्ट्रियाको निवर्तमान अध्यक्ष हुन् ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको तर्फबाट एनआरएनए अष्ट्रियाको निर्वाचन तथा अधिवेशन अनुगमनको जिम्मा दिइएको युरोप संयोजकद्वय चिन्तामणी सापकोटा र सन्तोष भट्टराईद्वारा प्रेषित पत्रमा उल्लेख छ ।

पत्रमा एनआरएनए अष्ट्रियासंग समन्वय गरेर केन्द्रिय सहमति कार्यान्वयनमा प्रयास गर्दै निर्वाचन र अधिवेशन सम्बन्धी प्रक्रियाको अनुगमन गरी महाधिवेसन अनुगमन अनुसूची १, अनुसूची २ र अनुसूची ३ बमोजिमको फाराम भरी संयोजकहरुलाई एवं अन्तर्राष्ट्रिय समन्वय परिषदमा पठाउन अनुरोध गरिएको छ ।

गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धी नियमावली अनुसार अनुगमनकर्तालाई निर्वाचन सम्पन्न भए पछि सो प्रकृयाका बारेमा संघले तोकेको फारम भरेर पठाउन सक्ने मात्र अधिकार दिइएकोछ ।