२१ बैशाख २०८१, शुक्रबार
Follow Us

जापानमा २ सय नेपालीलाई रोजगार दिने शेरचनले एनआरएनए उपाध्यक्षमा उम्मेदवारी दिने

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार ०७:३८

गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगामी कार्यकालका लागि हुने निर्वाचनमा जापानका रविन शेरचनले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन।

‘सक्षम नेतृत्व एक ढिक्का एनआरएनए’ भन्ने नारा सहित सबै अट्ने राम्रो र हाम्रो एनआरएनए बनाउने प्रमुख उद्देश्य लिएर जापानका ब्यवसायी शेरचनले उम्मेदवारी घोषणा गरेका हुन्।

बिहिबार टोकियोमा शुभचिन्तकहरु माझ जन्मदिन मनाएका शेरचनले आन्तरिक तयारी एवं साथि,शुभचिन्तकको आग्रहमा आईसिसीमा जांदा देश विकासमा थोरै भएपनि टेवा दिने र एनआरएनएमा केहि मात्रमा भएपनि राम्रो गर्न सकिने हुदा नेतृत्वमा बसेर नै एनआरएन अभियानलाई एकता र सबैको साझा बनाउन भुमिका खेल्न आफुले उम्मेदवारी दिएको बताए।

लामो समय जापानमा बसि ब्यवसाय र समाजसेवामा सक्रिय शेरचनले जापानमा रहेका नेपालीहरुबीच सरल, सहयोगि र व्यक्तिको परिचय बनाएका छन।

को हुन रविन शेरचन ?

सन् १९९८ मा उच्च शिक्षा अध्ययनको शिलशिलामा जापान प्रवेश गरेका शेरचन टोकियोमा रहेका नेपालीहरू माझ होटल तथा रेष्टुरेण्ट व्यवसायमा स्थापित नाम हो। दुई दशक भन्दा लामो समयको कडा मेहनत र निरन्तरको लगावले जापानमा नेपाली र जापानी समाजमा चिरपरिचित सफल व्यवसायीका रूपमा उनले आफ्नो पहिचान बनाएका छन्।

विगत दुई दशक यता जापानमा संध-संस्था तथा कम्पनिहरूले आयोजना गर्ने विभिन्न संस्कृतीक कार्यक्रमहरू सफल पार्न, नेपालमा हुने प्रकृतिक विपत्तीमा आर्थीक सहयोग गर्न, आपत विपदमा परेका नेपालीहरू लाई आबश्यक सहयोग गर्ने प्रमुख सहयोगी दाताका रूपमा समेत जापानबासी नेपालीले शेरचनलाई चिन्ने गर्छन्।

संघसंस्था हुन् वा आपत-विपतका काम सँधै आफ्नो थैली खोलेर मनग्य सहयोग गरेपनि संस्थागत छवि उँचो नलाग्ने तर सहयोग जारी राख्नुपर्ने विषयमा शेरचनले आफ्नो मन केही समययता खड्कदै आएको बताए।

अब संस्थाहरुले सहयोग बटुलेर बाँड्ने मात्र नभएर आफै सक्षम संस्था निर्माणमा लाग्नुपर्छ भन्ने अनुभुति भएपछि एनआरएनए आईसीसीको उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको शेरचनको भनाइ छ।

गैर आवासिय नेपाली संघ जापानको सल्लाहकार शेरचनले यसअघि मानार्थ सदस्यमा रहेर आफ्नो भूमिका निर्वाह गरेका उनी हाल आईसीसी सदस्यको हैसियतमा छन्। आईसिसी उपाध्यक्षमा उम्मेदवारी दिन धेरै देशका साथीहरुबाट अनुरोध आएकोले आफूले तयारी गरेको उनले बताए।

नेपाल र जापानमा व्यवसायमा लगानी गरिरहेका शेरचनले जापानमा नेपाली, जापानी, ईटालीयन एवं ईन्टर कन्टीनेन्टल रेष्टुरेन्ट व्यवसाय संचालन गरिरहेका छन्। हाल शेरचनको कम्पनीमा करिब २ सय नेपाली एवं एक सय जापानी नागरिकलाई प्रत्यक्ष रुपमा रोजगारी दिएका छन्।

गैरआवसीय नेपाली संघ (एनआरएनए) आईसिसिको आगमी अधिवेशन अक्टोबरमा नेपाल हुँदै छ।