२४ असार २०८१, आईतवार
Follow Us

एनआरएनए यूके निर्वाचनः महासचिवका उम्मेदवार भुसालका ९ प्रतिबद्धता

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार ०९:१८

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको निर्वाचनमा महासचिव पदमा उम्मेदारी दिएका बालकृष्ण भुसालले ९ बुंदे प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

उनले संघले निर्दिष्ट गरेका नीति र विधि विधानभित्र रहेर पदीय जिम्मेवारी इमान्दारी पूर्वक पालना गर्ने बताएका छन् ।

बेलायतमा नेपाली समाजको एकता, बृटिश गोर्खा सैनिक का समस्या समाधान, वंशजको नेपाली नागरिकता निरन्तरता, नेपालमा रहेको पैतृक सम्पतिको सुरक्षा, नेपालमा आर्थिक लगानी मैत्री वाताबरणको निर्माण, बेलायतमा नेपाली विद्यार्थीका समस्या समाधान, दोश्रो पुस्तामा जिम्मेबारी हस्तान्तरण, नेपाली संस्कृति, भाषा, पोशाक, धर्म, चाडपर्व, रितीरिवाज आदिको संरक्षण गर्ने लगायतका प्रतिबद्धता जनाएका छन् ।

उनले बेलायतबासी नेपाली समुदायको मानप्रतिष्ठा र सम्मानलाई उच्च राख्ने प्रतिबद्धता जनाउदै महासचिव पदमा आफुलाई मतदान गर्न अपिल गरेका छन् ।

को हुन भुसाल
नेपाल सरकारका पूर्व सहसचिव भुसाल एनआरएनए यूकेको महासचिवको उम्मेदवार