२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए चेक गणतन्त्रको उपाध्यक्षमा रेम्बो जिसीको चर्चा

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार १८:४४

लण्डन । गैरआवासीय नेपाली संघ चेक गणतन्त्रको उपाध्यक्षमा रेम्बो जिसीको नाम चर्चामा रहेको छ ।

संघको भोलि आइतवार हुने निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेका जिसी युवाहरुबीच लोकप्रिय छन् । उनले संघको मूलमर्म र अवधारणामा उच्च सम्मान गर्दै आफुले काम गर्ने बताएका छन् । जिसीले संघको गत मेमा सम्पन्न क्षेत्रीय सम्मेलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

उनले शनिवार एक विज्ञप्ति जारी गर्दै आफुलाई संस्थामा पुनः काम गर्ने अवसर दिन आग्रह गरेका छन् ।

जिसीको अपिलको पूर्णपाठ जस्ताको त्यस्तै

आदरणीय चेक गणतन्त्रमा बसोबास गर्ने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक नमस्कार गर्दछु । आज भन्दा भोलिका लागि, मेरो भन्दा हाम्रोको लागि, हाम्रो मात्र होइन सदा राम्रो को लागी। एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारा लाई टेवा र सहयोग पुराउन हामि जस्तै जुझारु युवा नेत्रत्व खाचो छ।

ग़ैरआवासीय नेपाली संघको मूल मर्म र अवधारणामा उच्च सम्मान राख्दै हाल संस्थाको कार्यसमितिको युवा उपाध्यक्षको हैसियत मा सक्रिय रुपमा कार्य गरेको सबैलाई विविधतै छ। यस्तै आगामी दिनहरुमा अझ बडी सक्रियता साथ काम गर्ने ईच्छया रहेकोले आउदो २०२३ (२०२५ कार्यकालको लागि गरिमामय पद उपाध्यक्ष मा मेरो उम्मेदवारी रहने घोषणा गर्दछु ।

वर्षौ देखिनै हजुरहरूकै घर आँगनमा दुःख सुःखमा सदा साथमै छु र अगामी दिनहरूमा पनि रहिरहने छु। हाम्रो यो सम्बन्धलाई अझ प्रगाढ सुमधुर बनाऊनको लागी यहि जुलाई १६ मा हुन गहिरहेको गैर आवासीय नेपाली संघ चेक रिपब्लिक को चुनाबमा हजुरहरु संग अठोट गरेका वाचालाई सार्थक बनाउन अवश्य हजुरहरुको साथ, सहयोग र भरपुर माया अनि आशिर्वाद पाउनेनै छु।

हजुरहरुसँगै हातेमालो गर्दै आगामी दिनमा पनि सहकार्या गरि अगाडी बडने प्रतिज्ञा पनि गर्दै हजुरहरुको अमुल्य सल्लाहा सुझावको अपेक्ष्या राख्दछु।