२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए युएईमा फर्जी मतदाताको विगविगी

नेपालब्रिटेन संवाददाता
३० असार २०८०, शनिबार १८:५८

युएई । गैरआवासीय नेपाली संघ युएईमा सदस्यता वितरणमा गम्भिर गल्ती भेटिएकोछ ।

गैर आवासीय नेपाली संघको बिधान बमोजिम २ बर्ष भन्दा बढी देश बाहिर रहेको प्रमाणित नभएकाहरुको सदस्यता प्रमाणीकरण गरेको भन्दै उजुरी परेकोछ ।

एनआरएनए युएईमा अध्यक्ष ठाकुर प्रसाद ढँुगाना, महासचिव दिपक खड्का र कोषाध्यक्ष बिष्णुलाल श्रेष्ठले फर्जी सदस्यता प्रमाणिकरण गरेको आरोप लागेको छ।

उनीहरुले युएईको ईमिट्र्स आईडी कार्डलाई आधार बनाएर सदस्यता जारी गरेका थिए । ईमिरेट्स आईडी कार्डले कति बर्ष देखि युएईमा बसोबास गरिरहेको भन्ने बारे पुस्टि गर्दैन ।

अवुधावीका पंजिकृत सदस्य दिपराजले एनआरएन युएईले अबैधानिक रुपमा २ बर्ष नपुगेकालाई पनि सदस्यता जारी गरेको भन्दै छानवीन गर्न उजुरी गरेको बताए । बिधान भन्दा माथि कोही छैन, संस्था विधान अनुसार चल्नु पर्छ भन्दै निबेदन हालेको उनले बताए ।

अर्का पंजिकृत सदस्य डिबी कार्कीले पनि उजुरी जायज भएको बताए । सकृय ईमिरेट्स आईडी कार्डले दुई बर्ष भए नभएको थाहा हुन्न । कसरी सदस्यता जारी भो छानवीन हुनु पर्छ, उनले भने ।

यसैबीच संघका महासचिव गौरी जोशीले मध्यपूर्व संयोजक मनोज गोर्खाली र राजेन्द्र अर्याललाई सदस्यता सम्बन्धी विवादमा आवश्यक छानविन गर्न निर्देशन दिएका छन् ।