२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए साउदीको अध्यक्षमा रविना अर्याल निर्विरोध

नेपालब्रिटेन संवाददाता
३१ असार २०८०, आईतवार १२:१९

साउदीअरव । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)साउदी अरबमा कार्यसमिति चयन प्रकिया अगाडी बढेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले जुलाई १५ सम्म उम्मेदवारी दर्ता भएका आबेदकहरुको नामावली प्रकाशित गरेको छ । अध्यक्षलगाएतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले जारी गरेको सुचना अनुसार अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेको छ ।अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेकोले उनीलगाएत प्राय सबै कार्यसमिती नै निर्विरोध भएको छ ।

बरिस्ठ उपाध्यक्ष बाहेक सबै पदमा चाहिने जती मात्रै उम्मेदवारले उम्मेदवारी दर्ता गरेकाले सबै निर्विरोध भएका छन तर निर्वाचन समितिले भने दावी बिरोध हेरेर पर्कृयागत तवरले उक्त जानकारी गराऊनेछ ।

शुरुमा रोशन कुमार श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले रबिना अर्याललाई नै अध्यक्षमा सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी आधिकारिक रूपमा निर्वाचन समितिको ईमेलमा पठाएका छन ।

अन्य पदका उमेदवारको सम्वन्धमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको नवौँ राष्ट्रिय महाधिबेशन बाट २०२३ – २०२५ कार्यकालको लागि बिधानको दफा १३.१ मा रहेका पदिय प्रावधान बमोजिम उम्मदेवारीहरू आह्वान गरिएकोमा निर्धारित मिति १५ जुलाई २०२३ सम्ममा प्राप्त उम्मेदवारीहरूको पहिलो सूची निर्वाचन समितिले प्रकाशन गरेको छ ।

पुर्ब प्रकाशित निर्बाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवार हरूको प्रथम सूचीमा आगामी १७ जुलाई बेलुकी ८.०० बजे भित्रमा दावी, बिरोध उजुरी गर्नसक्ने समितिले जनाएको छ । कसैको दावी बिरोध भएमा निर्बाचन समितिको आधिकारिक इमेल [email protected] मा इमेल गर्न निर्वाचन समितिका संयोजक एबं एनआरएनए मध्यपुर्वका संयोजक राजेन्द्र अर्याल जोनले आग्रह गरेका छन । निर्वाचन समितिमा उम्मेदवारी परेका नामहरु सार्वजनिक गरेको छ ।

जस्मा आईसिसि सदस्यहरुमा राम बहादुर क्षेत्रि र दिपक रेग्मीको उम्मेदवारी परेको छ । अध्यक्षमा रबिना अर्याल, वरिष्ठ उमेश भट्टराई र बिशाल कुमार श्रेष्ठ,उपाध्यक्षमा राज कुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदीको उम्मेदवारी परेको छ भने महासचिवमा शुक्र तामाङको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत,महिला संयोजकमा लक्ष्मी थापा मगरको उम्मेदवारी परेको छ ।

सदस्यहरुमा देवीबहादुर कार्की,युवराज पोखरेल,पदम बहादुर महत, दिपक ढुङ्गाना,अमृत बहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्लेको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ ।