२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनए बहराइनको अध्यक्षमा राजु कुमार श्रेष्ठ निर्विरोध

नेपालब्रिटेन संवाददाता
३१ असार २०८०, आईतवार २०:१३

बहराइन । गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बहराइनको अध्यक्षमा राजु कुमार श्रेष्ठ निर्विरोध भएका छन् ।

शनिवार भएको उम्मेदवारी दर्ता श्रेष्ठ सहित पुरै कार्यसमिति निर्विरोध भएको छ ।

यस्तै एनआरएनए बहराइनको आगामी कार्यकालको लागी आइसिसि सदस्यमा बिरेन्द्र बुढाथोकि, बरिष्ठ उपाध्यक्षमा तिर्थ बहादुर भण्डारी,उपाध्यक्षमा भावना आचार्य पन्त, सन्त कुमार न्यौपाने, महिला उपाध्यक्षमा शुसिला खत्री, महासचिवमा संगिता खत्री, सचिवमा भुवन बिमली,सहसचिवमा कृष्ण प्रसाद गैरे, कोषाध्यक्षमा दिपक कुमार कर्ण, सहकोषाध्यक्षमा वासुदेव प्याकुरेल, महिला संयोजकमा पवित्रा श्रेष्ठ, युवा संयोजकमा अमृत देवकोटा, पर्यटन संयोजकमा अच्युत राज तिम्सीना र खेलकुद तथा सांस्कृतिक संयोजकमा शिव बिकले उम्मेदवारी दिएका छन ।

यसैगरी महिला सदस्यमा अमृता सामेखम र सदस्यहरुमा लक्ष्मी नारायण श्रेष्ठ,लक्ष्मण बिक,अनन्त अर्याल, विशाल खरेल, रामप्रसाद पुडासैनी, टेकमान बिक,गणेश बहादुर थापाले उम्मेदवारी दिएका सबै निर्विरोध भए ।