२० बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनएको मूलधारमा फर्किइन् जानकी गुरुङ

नेपालब्रिटेन संवाददाता
३१ असार २०८०, आईतवार २०:४२

लण्डन । गैरआवासीय नेपाली संघको गत १० औं महाधिवेसनमा छुट्टै समूह गठन गरेर अलग भएकी बेल्जियमकी जानकी गुरुङ मूलधारमा फर्किएकी छन् ।

गैरआवासीय नेपाली संघ बेल्जियमका उपाध्यक्ष तीर्थ धमलाका अनुसार उनले आइतवार बेल्जियममा सम्पन्न निर्वाचनमा गुरुङले मतदान गरेकी थिइन् ।

गुरुङले संघको संस्थापन पक्षले गराएको निर्वाचनमा भाग लिएर संघभित्र एकता संन्देश दिएको कतिपयको बुझाई रहेको छ । उनी यसअघि विनोद कुंवर समूहको महासचिव दिइन् ।