२० बैशाख २०८१, बिहीबार
Follow Us

अहिलेकै संरचनामा संस्था चल्दैन: डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए (भिडियो)

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८०, सोमबार २०:०७

लण्डन । गैरआवासीय नेपाली संघका उपाध्यक्ष डा. हेम राज शर्माले वर्तमान संरचनाले संस्था चल्न नसक्ने बताएका छन् ।
डा. शर्माले गैरआवासीय नेपाली संघ यूकेको ११ औँ साधारणसभालाई आइतवार अल्डरशटमा सम्बोधन गर्दै संघ अहिलेको संरचनाले चल्न नसक्ने भन्दै बदल्नुपर्ने बिचार व्यक्त गरे ।

उनले आँफै सदस्यता दिने आफै निर्वाचन लड्ने र नेता बन्दा पैसा हुने मात्रै नेतृत्मा पुग्ने उनको तर्क गरे । उनले सदस्यता वितरण देखी निर्वाचन गर्न स्वयत्त संस्था खडा गरिनुपर्ने बताएका छन ।

स्वयत्त संस्थाबाट निर्वाचन गरिदा पैसा खर्च नहुने र असल नेतृत्व आउने उनको भनाइ छ ।

बेलायतको अधिवेशनलाई सम्बोधन गर्दै डा. शर्माले अनलाइन भोटिङ नहुँदा उम्मेदवार र भोटरको समय र पैसा धेरै खर्च भएको भन्दै अनलाइन भोटिङमा जानुपर्ने बताएका हुन्। अहिले प्रविधिले धेरै सहज बनाएको बताउँदै संस्थालाई त्यसैअनुसार चलाउन सक्नु पर्ने बताए।

अहिले ट्रान्जेक्सन पिरियड रहेको उल्लेख गर्दै दोस्रो पुस्ताको एनआरएन आउने बेलासम्म सुधार गरिनुपर्ने उनको भनाइ छ ।

‘केन्द्रिय महाधिवेशन आउँदै गरेकाले अनलाइनबाट भोटिङ गर्ने व्यवस्था मिलाउन सके काठमाण्डौं जाने बस्ने खर्च जोगिने उनको तर्क छ । त्यस्तै शर्माले एनआरएनएमा समाजसेवाको भावले अउन समेत सुझाएका छन । एनआरएनएमा लाग्दा नेपाली समाजबाट इज्जतपनि पाइने उनको भनाइ छ ।
उपाध्यक्ष डा हेम राज शर्माले एनआरएनएलाई पैसा र राजनीतिको प्रभावबाट मुक्त गर्न आफुले अनलाइन मतदानमा जान जोड दिंदै आएको बताए। उनले नेपाल बाहिर हुर्की रहेको दोश्रो पुस्ताले विभिन्न क्षेत्रमा विशेषज्ञता हासिल गरिरहेको बताउंदै उनीहरुलाई नेपालसंग जोडेर ‘ब्रेन गेन’ गर्नु पर्ने बताए। उनले संसारभरिका नेपालीलाई एक अर्कासंग जोड्न पनि यो संस्थालाई बचाउनु पर्ने बताए।

तर उनले माथीको राजनीति गर्न र आफ्नो करिअरलाई नबिगार्नेगरी एनआरएनएमा जोडिनु पनि अग्रह गरेका छन ।