२४ असार २०८१, आईतवार
Follow Us

अरनिको पुरस्कारका लागि कृति पठाउन गैरआवासीय नेपाली संघले ग-यो आह्वान

नेपालब्रिटेन संवाददाता
१ श्रावण २०८०, सोमबार २०:१९

काठमाडौँ – गैरआवासीय नेपाली संघले ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार २०२३ का लागि वि.सं. २०७९ मा प्रकाशित गैरआवासीय नेपाली लेखकहरुका कृति पठाउन आह्वान गरेको छ।

संघले नेपालमा उपलब्ध हुन सक्ने पुस्तक गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय सचिवालय, सुवर्ण शमशेर मार्ग , बालुवाटार , काठमाडौं (सम्पर्क व्यक्ति : अनिल ढुंगाना , मोबाइल नं.9849046144 ) मा पठाउन/बुझाउन आग्रह गरेको छ ।

गैर आवासीय नेपाली संघ (एनआरएनए)अन्तर्गत भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिले प्रदान गर्ने वि सं २०७७ को पहिलो अरनिको अन्तर्राष्ट्रिय पुरस्कार पुरस्कार साहित्यकार हरि अधिकारीलाई उनको पुस्तक ‘संकलित गद्य रचना’ का लागि प्रदान गरिएको थियो। शताब्दी पुरुष सत्यमोहन जोशीले उक्त पुरस्कार प्रदान गरेका थिए।

वि सं २०७८ को अरनिको पुरस्कार चीनको बेइजिङमा बसेर पत्रकारिता गरिरहेका चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’लाई प्रदान गरिएको छ ।गत बैशाखमा आयोजित एक समारोहमा रास्ट्रपति राम चन्द्र पौडेलले उक्त पुरस्कार आचार्यलाई प्रदान गरेका थिए।

यो पुरस्कारको राशी २ लाख रुपैयाँ नगद रहेको छ। त्यस्तै सम्मानपत्र पनि प्रदान गरिन्छ ।

संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा संवर्द्धन समितिका संयोजक हिक्मत थापाले एनआरएनएले देशमा लगानी र आर्थिक अवसरमात्रै भित्र्याउने नभएर बाहिरी विश्वमा फैलिएको नेपाली भाषा–साहित्यमा उत्प्रेरकको कामसमेत गरि रहेको बताए।

उनले नेपाल बाहिर बसेर पनि नेपाली भाषा, साहित्य र संस्कृति को श्री वृद्धि मा योगदान पुरै रहेका श्रस्टाहरु को सम्मान गर्न पहिलो गैर आवासीय नेपाली ठानिएका कलाकार अरनिकोको नाममा संघले उक्त पुरस्कार स्थापना गरेको पनि बताए।

उक्त पुरस्कारका लागि आफ्नो कृति यही अगष्ट महिनाको अन्तिम सम्ममा पठाइ सक्न पनि संघले आग्रह गरेको छ।