लण्डन । अष्ट्रियास्थित गैरआवासीय नेपाली संघकी सकृय अभियान्ता बाबाराजेश्वरी थापालाई पति शोक परेको छ ।
गैरआवासीय नेपाली संघ अष्ट्रियाका पूर्वअध्यक्ष विनोद चौलागाईका अनुसार उनका पति कृष्ण ढकालको ५६ वर्षको उमेरमा बुधवार भियनास्थित स्थानीय अस्पतालमा निधन भएको हो ।
उनी केही समय देखि निमोनिया सम्बन्धी समस्याका कारण उपचारको लागि अस्पताल लगिएको थियो । ढकालका दुई छोराहरु छन् ।
थापाले गैरआवासीय नेपाली संघ अष्ट्रियामा आइतवार हुने निर्वाचनको लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।