२४ बैशाख २०८१, सोमबार
Follow Us

एनआरएन अनलाइन निर्वाचनमा ‘फेसियल भेरिफिकेसन’ सफल

नेपालब्रिटेन संवाददाता
६ श्रावण २०८०, शनिबार १७:१४

लण्डन । गैरआवासीय नेपाली संघले पहिलो पटक फेसियल भेरिफिकेसनको प्रविधिको प्रयोग गरेको निर्वाचन सफल भएको छ । संघका पूर्वमहासचिव तथा उपाध्यक्ष डा हेम राज शर्माका अनुसार चेक गणतन्त्र, बेलायत र अमेरिकामा प्रयोग भएको अनलाइन फेसभेरिफिकेशन भोटिङ्ग ९९.६५ प्रतिशत सफल भएको हो ।

फेसभेरिफिकेशन प्रविधिको प्रयोग गर्न मतदाताले आफ्नो मतदातानामावली (सदस्यता लिने) दर्ता गर्ने बेलामानै फेल्फि मार्फत आफ्नो फोटो दिनु पर्ने हुन्छ । निर्वाचनको दिन मतदातानामावलीमा दर्ता भएको फोटो र सेल्फि म्याच भए पछि मतपत्रमा मतदाताको पहुंच पुग्छ र मतदान गर्न सक्छन् ।

गैरआवासीय नेपाली संघले विश्वका आदी दर्जन भन्दा बढी शाखामा अनलाइन मतदानको प्रयोग गरेको छ।

शर्माका अनुसार कुनै मतदाताको फेसियल भेरिफिकेसन भएन भने उम्मेदवारका प्रतिनिधि सहित एक समितिले निजलाई जुममा बोलाएर निज साच्चिकै मतदाता हो भन्ने प्रमाणित गर्न सकिन्छ । फेसभेरिफिकेशन नमिल्नेको संख्या निकै कम रहेको छ ।

गैरआवासीय नेपाली संघको निर्वाचनको लागि अष्ट्रेलियास्थित भेरो भोटिङले सहयोग गरेको छ । एक व्यक्तिले अर्को व्यक्तिको भोटिङ लिङ्क पायो र भोटिङ गर्न खोज्यो भने गलत व्यक्तिले भेरिफिकेसन गरेको रेकर्ड भेरोले राखिदिन्छ ।

डा. शर्माका अनुसार गलत व्यक्तिले भेरिफिकेसन गर्दा म्याचिङ लगभग शुन्य हुन्छ । यस्ता मतहरू बदर हुन्छन ।

गैरआवासीय नेपाली संघले आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनमा समेत फेसभेरिफेशन मार्फत निर्वाचन गर्ने तयारी गरेको छ । संघका विश्वभर ८६ देशमा १ लाख भन्दा बढी सदस्यहरु रहेका छन् ।

केन्द्रीय महाधिवेशनको लागि ४ हजार केन्द्रीय प्रतिनिधि पुग्ने अनुमान गरिएको छ । आगामी कार्यकालको लागि अध्यक्ष पदमा डा. बद्री केसी, डा. हेम राज शर्मा, आरके शर्मा र महेश श्रेष्ठले आकांक्षा देखाएका छन् ।