२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए अमेरिका निर्वाचन : ८२ प्रतिशत मत खस्यो

नेपालब्रिटेन संवाददाता
७ श्रावण २०८०, आईतवार १५:५७

न्यूयोर्क । गैर आवासीय नेपाली संघ, अमेरिका राष्ट्रिय समन्वय परिषद्को नयाँ नेतृत्वका लागि मतदान सम्पन्न भएको छ । यहाँको स्थानीय समय अनुसार आज विहान १० बजे निर्वाचन सम्पन्न भएको हो । यो निर्वाचनमा ८२ प्रतिशतभन्दा बढी मत खसेको छ । निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार कूल मतदाता १३ हजार ६ सय ९१ मध्ये ११ हजार २ सय ६९ जनाले मतदान गरेका छन्। यो मतदानको परिणाम आजै सार्वजनिक गर्ने निर्वाचन समितिको विज्ञप्तिमा उल्लेख छ ।

यो निर्वाचनले एनआरएन अमेरिकाको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। पहिलोपटक सदस्यहरुको फेस भेरिफिकेशन प्रविधिको प्रयोग गरी निर्वाचन सम्पन्न भएको छ ।

यसपटक डाक्टर अर्जुन बन्जाडे र डिलु पराजुली आ-आफ्नो समूहसहित नेतृत्वका लागि मैदानमा छन्। एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक महिलासहित पाँच उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक सह कोषाध्यक्ष, एक महिला सचिव, एक महिला संयोजक, एक युवा उपाध्यक्ष, एक युवा संयोजक, चार क्षेत्रीय संयोजक र १२ जना बोर्ड सदस्यका लागि मतदान भएको थियो। ३१ जनाको यो कार्य समितिका लागि अध्यक्षका दुवै उम्मेदवारले आ-आफ्नो समूह बनाएका छन् भने ८ जना आइसीसी सदस्यका लागि ११ जनाले प्रतिष्पर्धा गरेका छन्। यसैगरी १५ सदस्यीय च्याप्टर नेतृत्वका लागि पनि कतिपय च्याप्टरमा टीमसहितको चुनावी प्रतिष्पर्धा भएको छ ।