पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलको अध्यक्षमा उमेश कुमार खड्का निर्विरोध भएका छन् ।
शनिवार राति निर्वाचन समितिद्धारा जारी सूचि अनुसार संघको आगामी कार्यकालको लागि कार्यसमितिमा सबै पदमा निर्विरोध भएको छ । संघको उपाध्यक्षमा दीपा काफ्ले र ९ उपाध्यक्ष सहित महासचिवमा भुवन कंडेल निर्विरोध भए ।
संघको साधारणसभा आइतवार लिस्वनमा हुदैछ । सो सभामा भाग लिन युरोप संयोजक सन्तोष भट्राई र सहकोषाध्यक्ष कृष्ण तिमल्सीना पोर्चुगल आइपुगेका छन् । संघको आइसीसी (केन्द्रीय) सदस्यमा पत्रकार राजकुमार थापा र विष्णु बस्नेत निर्विरोध भएका छन् ।
यस्तो छ कार्यसमिति