२२ बैशाख २०८१, शनिबार
Follow Us

एनआरएनए पोर्चुगलको निर्वाचन परिवेक्षण गर्न कृष्ण तिमल्सीना लिस्वनमा

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०८०, आईतवार ०१:५०

पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलको साधारणसभाको लागि संघका केन्द्रीय सहकोषाध्यक्ष कृष्ण तिमल्सीना लिस्वन आइपुगेका छन् । गैरआवासीय नेपाली संघले आइतवार हुने साधारणसभाको लागि उनलाई केन्द्रीय पर्यवेक्षक खटाएको हो । तिमल्सीना लिस्वनस्थित अन्तराष्ट्यि विमानस्थल आइपुग्दा संघका अध्यक्ष रविन अधिकारी र महासचिव राज कुमार थापाले स्वागत गरेका थिए ।

लामो छलफल पछि संघको नयां नेतृत्वको लागि अध्यक्षमा उमेश कुमार खड्काको नाममा सर्वसम्मत भएको छ ।
शनिवार राति निर्वाचन समितिद्धारा जारी सूचि अनुसार संघको आगामी कार्यकालको लागि कार्यसमितिमा सबै पदमा निर्विरोध भएको छ ।

संघको उपाध्यक्षमा दीपा काफ्ले र ९ उपाध्यक्ष सहित महासचिवमा भुवन कंडेल निर्विरोध भए । संघको साधारणसभा आइतवार लिस्वनमा हुदैछ । सो सभामा भाग लिन युरोप संयोजक सन्तोष भट्राई समेत पोर्चुगल आइपुगेका छन् ।