२१ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए महाससचिवमा पुनः उम्मेदवारी दिने गौरीराज जोशीको घोषणा

नेपालब्रिटेन संवाददाता
१५ श्रावण २०८०, सोमबार ०८:२१

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा हुने ११ औं महाधिवेशनमा महासचिव पदमा पुनः गौरीराज जोशीले उम्मेदवारी दिने भएका छन् ।

गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभालाई सम्बोधन गर्न सिगागो पुगेका जोशीले आफुले शुरु गरेका स्मार्ट एनआरएनए लगायतका अजेण्डाको काम शुरु भएको त्यसलाई अघि बढाउन आफुले पुनः उम्मेदवारी दिने घोषणा गरे ।

‘मैले शुरु गरेको स्मार्ट एनआरएनए (पोलिसी) अघि बढेर बामे सर्ने अवस्थामा रहेको छ । सबै गैरआवासीय नेपालीहरुले केन्द्रीय नेतृत्वको लागि मतदान गर्ने व्यवस्था गर्नको लागि एउटा इच्छा शक्ति भएको नेतृत्वको आवश्यक हुन्छ त्यसको लागि म तयारीमा छु’ जोशीले भने ।